Home Sports cricket १० ओभरमा १० रन खर्चेर ८ विकेट लिदै विश्व रेकर्ड कायम ।

१० ओभरमा १० रन खर्चेर ८ विकेट लिदै विश्व रेकर्ड कायम ।

SHARE

भारतमा जारी घरेलु क्रिकेट प्रतियोगिता विजय हजारे ट्रफी २०१८ अन्तर्गत झारखण्ड टिमका बलर २९ वर्षीय सहबाज नदिमले राजिस्थान विरुद्ध उत्कृष्ट बलिङ गरेका छ्न । नामिदले आई सि सि को ए लेभल क्रिकेट प्रतियोगितामा १० ओभरमा १० रन दिएर १० विकेट लिदै विश्व रेकर्ड कायम गरेका छ्न ।

विजय हरारे प्रतियोगिता अन्तर्गत एलाईट ग्रुप सि अन्तर्गत दोस्रो चरणको खेलमा टस जितेर ब्याटिङ गरेको रजस्थान मात्र ७३ रनमा अलआउट भएको थियो । राजस्थिनको पारी तहसनहस गर्ने क्रममा झारखण्डका शहजाद नामिदले उत्कृष्ट बलिङ गरेका थिए ।

लिस्ट ए मान्यता प्राप्त खेलमा स्पिन बलर शहजाद नामिदले १० ओभर बलिङ गर्दै ४ मेडन सहित १० रन दिएर ८ विकेट लिएका थिए ।

आई पि एल मा दिल्ली डेयर डेभिल्सबाट खेल्ने नामिदले आफ्नो करियरमै उत्कृष्ट बलिङ गरेका हुन । आई सि सि को ए लेभल क्रिकेटमा यस अघि ८ विकेटको रेकर्ड राहुल संघधिको नाममा दर्ता थियो ।

सन १९९७/९८ मा दिल्ली बाट हिमान्चल विरुद्ध खेलेका राहुल संघधिले १० ओभरमा १५ रन दिएर ८ विकेट लिएका थिए ।

Comments

comments