Home international ‘हामी चन्द्रमामा पर्यटक लैजान्छौं’

‘हामी चन्द्रमामा पर्यटक लैजान्छौं’

SHARE

गएको वर्ष इलोन मस्कले भनेका थिए— अर्को वर्ष स्पेस एक्सले कुनै दुईजना ग्राहकलाई चन्द्रमाको भ्रमणमा पठाउनेछ र यो काम सम्भवतः २०१८ को अन्त्यतिर हुनसक्छ।

संस्थागत रूपमा केही पनि भनिएको छैन। तर, स्पेस एक्सका पछिल्ला संकेत अनुमान गर्दा उनीहरूको ‘मिसन’ यस वर्ष पूरा हुँदैन भन्ने अनुमान लगाउन सकिन्छ। संकेत भन्छ, अरू केही वर्ष पनि उनीहरू चन्द्रमा भ्रमणमा मान्छे पठाउन सक्दैनन्। स्पेस एक्सका प्रवक्ता जेम्स ग्लिसनले हालै भनेका छन्, ‘स्पेस एक्सले मान्छेलाई चन्द्रमा भ्रमणमा लैजान काम गरिरहेको छ।’

तर, जेम्सले कहिलेसम्म यो योजना पूरा हुन्छ भनेर समय तोकेका छैनन्।

सुरुको योजनाअनुसार चन्द्रमामा जाने यात्रुको नाम गोप्य राखिने बताइएको थियो। ठूला मोडलका स्पेस एक्सका रेकटले मान्छेलाई चन्द्रमामा लैजाने बताइएको छ।

Comments

comments