Home Sports cricket श्रीलंकाका पुर्व क्रिकेटर तिलकरत्ने दिल्शान फेरि राष्ट्रिय टोलिमा फर्किन सक्ने ।

श्रीलंकाका पुर्व क्रिकेटर तिलकरत्ने दिल्शान फेरि राष्ट्रिय टोलिमा फर्किन सक्ने ।

SHARE

सन २०१६ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका ४१ वर्षीय श्रीलंकाका पुर्व ओपनर ब्याट्सम्यान तिलकरत्ने दिल्शान फेरि श्रीलंकाको राष्ट्रिय टोलिमा फर्किन सक्ने सम्भावना रहेको जनाईएको छ ।

प्रमुख खेलाडीहरुले विभिन्न कारण देखाई राष्ट्रिय टोलिबाट सन्यास लिएपछि श्रीलंका टोलिको प्रदर्शन खस्किदै गैराखेको अवस्थालाई मध्य नजर गर्दै अगामी २०१९ को विश्वकप क्रिकेट प्रतियोगितासम्मको लागि दिल्शान राष्ट्रिय टोलिमा फर्किने सम्भावना रहेको श्रीलंका स्थित एकजना बि बि सि का पत्रकार आजम अमिनले आफ्नो टुईटर मार्फत जनाएका छ्न ।

श्रीलंका टिममा आक्रामक ब्याट्सम्यान तथा अलराउन्डरको रूपमा चिनिने दिल्शानले सन्यास लिनु अघि ८७ टेस्ट , ३३० एकदिवसीय तथा ८० टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । हाल दिल्शान स्विटजरल्याण्ड स्थित एस टि मोरिज आईस क्रिकेट टुर्नामेन्ट खेल्नमा ब्यस्थ रहेका छ्न । उक्त टुर्नामेन्टमा पुर्व क्रिकेटर ज्याक कालिस , माईक हस्सी , माहिला जयवर्धने र ग्रिम स्मिथ पनि सहभागी भएका छ्न ।

युएईमा जारी एसिया कप प्रतियोगितामा समुह बि मा रहेको श्रीलंका अफगानिस्तान र बङ्गलादेशसङ्ग पराजित भएपछि पहिलो चरणबाटै बाहिरिएको थियो । लामो समय पछि राष्ट्रिय टोलिमा फर्किएका लाशिथ मलिङ्गाले बलिङमार्फत राम्रो प्रदर्शन गरेपनी श्रीलंकाले जारि एसिया कपमा नराम्रो पराजय बेहोरेको थियो ।

Comments

comments