Home Entertainment वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

वर्षा राउत र शिवाकाेटीलार्इ एउटै चलचित्रमा देख्न पाउलान् त दर्शकले?

SHARE

बेला बेलामा चलचित्र बजार नै हल्लिने गरी नायिकाद्धय वर्षा राउत र वर्षा सिवाकोटीको चर्चा हुने गरेको छ । विशेष त एउटी वर्षाले छाडेको चलचित्रमा अभिनयका निम्ति सहमत हुनुले बेला बेला यि नायिकाहरुले चलचित्र बजार हल्लाउने गरेका छन् ।

यसै कारणले पनि उनीहरुको सम्बन्ध पानी बाराबारको अवस्थामा रहेको समाचारहरु आइरहेका छन् । तर दुवै वर्षाले आफूहरुको सबन्धमा समाचारमा आएको जस्तो नरहेको बताउँदै आएका छन् ।

पछिल्लो समय यि दुइ नायिकालाई एउटै चलचित्रमा हेर्न चाहने दर्शकहरुको लर्को लागेको छ । दर्शकहरुको त्यो चाहनालाई मध्यनजर गर्दै  सञ्चारकर्मी प्रकाश सुवेदीले निर्देशन गर्न लागेको चलचित्र ‘बकम्फुसे राजा’मा दुवै वर्षालाई अफर गरिएको छ ।

यो चलचित्रको घोषणा केही दिन अगाडिमात्र गरिएको थियो । यता दुवै वर्षाहरुले आफूहरुको सम्बन्धमा कुनै खटपट नभएको र एकसाथ काम गर्न कुनै समस्या नरहने बताउँदै आएका छन् ।

यस चलचित्रमा नायकको भूमिकामा भने कलाकार खगेन्द्र लामिछानेले काम गर्न लागेको बताइएको छ ।

दुवै नायिकाले चलचित्र गर्न कुनै समस्या नभएको बताए पनि लिखित सम्झौता भने भइसकेको छैन । दुवै नायिकाका लागि चलचित्रमा आकर्षक भूमिका रहेको बुझिएको छ ।

लिखित सम्झौता हुन बाँकी भए पनि मौखिक रुपमा भने दुवैले सहमति जनाइसकेको निर्देशक प्रकाश सुवेदीले बताए ।

चलचित्रको घोषणा सभामा काम गर्ने पक्का भएकै कारण नायिका वर्षा राउत उपस्थित थिइन् । तर बर्षा सिवाकोटीको भने उपस्थिति थिएन ।

पछिल्लो समय वर्षा सिवाकोटीले त्यस चलचित्रमा अभिनय गर्न नभ्याउने जवाफ दिएको चर्चासमेत चलेको छ ।

तर निर्देशक सुवेदीले भने सिवाकोटीले त्यस्तो कुनै जवाफ नदिएको बताएका छन् ।

कमेडी जनरामा निर्माण हुनलागेको चलचित्रमा कुन वर्षाले काम गर्ने हुन्,कुन वर्षा आउट हुने हुन्, या त दुवै जना काम गर्न सहमत हुने हुन् यो भने लिखित सम्झौतापछि नै थाहा हुनेछ ।

Comments

comments