Home Sports cricket रौतहट टि-२० प्रिमियर लिगमा प्रदेश न. ७ बाट दुई टोलि सहभागी ।

रौतहट टि-२० प्रिमियर लिगमा प्रदेश न. ७ बाट दुई टोलि सहभागी ।

SHARE

ओमेगा स्कुल, कुमारीपाटि ललितपुरको आयोजनामा यही असोज ११ देखि २० गतेसम्म रौतहटमा हुने रौतहट टि-२० प्रिमियर लिग ( आरपीएल ) मा प्रदेश न. ७ बाट दुई टोलि सहभागीता जनाउने भएका छ्न ।

प्रतियोगितामा सहभागी १२ टोलि मध्ये प्रदेश न. ७ बाट भने धनगढी क्रिकेट एकेडेमी कैलाली र महाकाली क्रिकेट क्लब कंचनपुर रहेका छ्न ।

प्रतियोगिता अन्तर्गत सहभागी रहेका टोलिहरुलाई ४ समुहमा विभाजन गरिएको छ भने सहभागी टोलीहरु ओमेगा कलेज, धनगढी क्रिकेट एकेडेमी र रौतहट-११ समुह ‘ए’ मा रहेका छन्।

यस्तै समुह ‘बि’ तर्फ नेपाल पुलिस क्लब, महाकाली क्रिकेट क्लब र लायन्स युवा क्लब रहेका छन्। समुह ‘सी’ मा ओएसिस क्रिकेट एकेडेमी, नेपाल क्रिकेट स्कुल र मालपोखरी क्रिकेट क्लब रहेका छन्। यस्तै समुह ‘डी’ तर्फ ग्रेट हिमालय क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र गाडीमाई क्रिकेट क्लब रहेका छन्।

प्रतियोगिताको बिजेताले नगद ३ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्ने छन्। यस्तै उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र हात पार्नेछन ।

Comments

comments