Home News Nepal रेडक्रसद्वारा विभिन्न समुदायिक बिद्यालयलाई सरसफाई सामाग्री बितरण ।

रेडक्रसद्वारा विभिन्न समुदायिक बिद्यालयलाई सरसफाई सामाग्री बितरण ।

SHARE

नेपाल रेडक्रस कैलाली जिल्ला शाखाले जिल्लाको धनगढी उपमहानगरपालिका का विभिन्न सामुदायिक विद्यालयलाई सरसफाई सामाग्री वितरण गरेको छ ।

ब्रिटेस रेडक्रस र नेपाल रेडक्रस कैलाली जिल्ला शाखाको संयुक्त साझेदारीमा संचालित उत्थानशिल नगर प्रबर्द्धन र सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयलाई सरसफाई सामाग्री वितरण गरिएको हो ।

धनगढी उपमहानगरपालिका का १० वटा सामुदायिक विद्यालयहरु श्री राष्ट्रिय मा. बि. बेलि , ईन्द्रोदय आधारभूत विद्यायल फुलवारी , श्री खप्तड आधारभुत विद्यालय फुलवारी , श्री ठेकराज मा. बि . घोडसुवा, श्री जनता मा. बि . विशालनगर , श्री राष्ट्रिय आधारभूत विद्यालय उर्मि , भवानी मा. बि . घुईयाघाट , शिबगङ्गा आधारभूत विद्यालय उर्मा , दिपेन्द्र चारपाते मा. बि. भादा र श्री सरस्वती मा.बि. मनेहरालाई सरसफाई सामग्री वितरण गरिएको थियो ।

प्रत्येक विद्यालयलाई २-२ थान ७० लिटरको सुईङ डस्ट्विन , १० थान सानो डस्ट्विन र डस्ट्फ्यान , हर्पिक , डिटल साबुन र केही थान सेनेटरी प्याड लगायत अन्य सरसफाईका सामाग्री वितरण गरिएको जनाईएको छ ।

सामाग्री वितरण कार्यक्रमको सभापतित्व नेपाल रेडक्रस कैलाली जिल्ला शाखाका सभापति श्री उत्तम जोशिले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन नरेन्द्र भट्टले गर्नु भएको थियो ।

Comments

comments