Home Sports cricket राष्ट्रिय स्तरको निष्ट लिटिल फ्लावर प्रमियर लिग ३ अगामी कार्तिकमा हुदै ।

राष्ट्रिय स्तरको निष्ट लिटिल फ्लावर प्रमियर लिग ३ अगामी कार्तिकमा हुदै ।

SHARE

देश भरिका विभिन्न १६ बिद्यालय टिमको सहभागितामा अगामी कार्तिक २७ गतेदेखि प्रदेश न. ७ को अस्थायी राजधानी धनगढीमा राष्ट्रिय स्तरको निष्ट लिटिल फ्लावर टि-२० प्रमियर लिग ३ प्रतियोगिता हुने भएको छ ।

यस अघिका दुई सस्करण सफलता पुर्वक सन्चालन गरिसकेको लिटिल फ्लावर बोर्डिङ हाइ स्कुल तथा संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा हुन लागेको क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणबारे पत्रकार सम्मेलन मार्फत औपचारिकरुपमा जानकारी गराईएको थियो ।

बिद्यालय तथा अन्य अन्डर – १९ उमेर समुहका खेलाडीहरु सम्मिलित उक्त प्रतियोगिताको बिजेता टोलिले १ लाख ११ हजार १ सय ११, उपबिजेता टोलिले ५५ हजार ५ सय ५५ रुपयाँका साथै ट्रफि प्राप्त गर्नेछ्न भने प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्ने तथा उत्कृष्ट व्याड्सम्यान, उत्कृष्ट बलर, र उदयमान खेलाडीहरुले नगद ५ हजार सहित ट्रफि पाउने कुरा आयोजक संस्कार एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताएका छ्न ।

धनगढी स्थित होटेल क्रिकेट क्लासिकमा सम्पन्न पत्रकार सम्मेलनमा बोल्दै मुख्य प्रायोजक निष्ट कलेजका सस्थापक प्रिन्सिपल डाक्टर माधव प्रशाद बरालले धनगढीमा क्रिकेटको क्रेज एकदमै राम्रो रहेको र अगामी दिनमा प्रतियोगिताले धनगढीको क्रिकेट विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

काठमाण्डौँको लैनचोर स्थित निस्ट कलेजको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितालाई विभिन्न संघ , सस्थाहरुले सञ्चालन गर्न सहयोग गरेका छ्न ।

प्रथम संस्करणमा बिजेता टिमलाई २५ हजार पुरुस्कार राखिएकोमा दोस्रो संस्करणमा ५० हजार राखिएको थियो ।

Comments

comments