Home Entertainment Bollywood रणवीर-दिपिकाको बिवाहको मिती कन्फर्म , हुँदैछ बलिउडकै महंगो बिवाह

रणवीर-दिपिकाको बिवाहको मिती कन्फर्म , हुँदैछ बलिउडकै महंगो बिवाह

SHARE

बलिउडमा यतिबेला बिवाहको सिजन नै चलिरहेको छ । बिराट अनुष्काको बिवाहपछि धेरै सेलिब्रेटीहरुले बिवाह गरिसकेका छन् भने कोही तयारीमा छन् । यसबीचमा बलिउडमा सबैभन्दा चर्चित अनि लोकप्रिय जोडी रणवीर सिंह र दिपिका पादुकोणको बिवाहको चर्चा पनि लामो समयदेखि हुँदै आईरहेको छ ।

पद्यमावत’ पछि कुनै पनि फिल्म साईन नगरेकी दिपिका र रणवीरको अन्तत बिवाहको मिती कन्फर्म भएको छ । लामो समयदेखि प्रेममा रहेका दिपिका रणवीरले नोभेम्बर २० मा बिवाह गर्ने पक्का भएको हो । फिल्मफेयरको रिपोर्टका अनुसार यी दुईले इटालीको लेक कोमोको सुन्दर भेन्युमा बिवाह गर्नेछन् ।

दुबैको मन पर्ने होलिडे डेस्टिनेशन इटाली भएकोले पनि सोही ठाँउमा बिवाह गर्ने योजना बुनेका हुन उनीहरुले । रिपोर्टका अनुसार उनीहरुको बिवाहमा ३० मात्र सामेल हुने र मुम्बई र दिपिकाको होमटाउन बेङलोरमा ग्रयाण्ड पार्टी दिनेछन् । भनिन्छ उनीहरुको बिवाह बलिउडकै सर्वाधिक महंगो बिवाह हुनेछ । स्मरण रहोस यसअघि दिपिका रणबीर कपुरसंग प्रेम सम्बन्धमा थिईन भने रणवीरको नाम अनुष्का शर्मासंग जोडिएको थियो ।

Comments

comments