Home Sports cricket म्याच फिक्सिङको आरोपमा ५ भारतीय नागरिक क्रिकेट मैदान बाटै पक्राउ ।

म्याच फिक्सिङको आरोपमा ५ भारतीय नागरिक क्रिकेट मैदान बाटै पक्राउ ।

SHARE

भारत र श्रीलंका महिला क्रिकेट टोलि बिच हालै सम्पन्न तीन एकदिवसीय खेल सम्मीलित सिरिजको अन्तिम खेलमा म्याच फिक्सिङ को आरोपमा श्रीलंका प्रहरीले ५ जना भारतीय नागरिक खेल मैदान बाटै पक्राउ गरेको छ ।

भारत र श्रीलंका महिला क्रिकेट टोलि बिचको अन्तिम एकदिवसीय खेल चलिरहेको बेला ५ जना शङ्खास्पद भारतीय नागरिकलाई पक्राउ गरेर प्रहरी अनुसन्धान जारी रहेको कुरा श्रीलंका क्रिकेट कमिटीको एन्टि क्रपस्न युनिटका एक अधिकारी बताएका छ्न ।

अन्तर्राष्ट्रिय सन्चार माध्यम एफिएफ लाई उद्रित गर्दै श्रीलंका क्रिकेट कमिटीका एक अधिकारीले नाम नबताउने सर्तमा भनेका छ्न – “खेल मैदानमा उनीहरुले अनौठो र शङ्खास्पद तरिकाले एक अर्कामा कुरा गरि रहेका थिए र हाम्रो टिमले अफ्नो अधिकार प्रयोग गर्दै बाहिर प्रहरीलाई अनुसन्धानको लागि बुझाएका थियौ । ”

म्याच फिक्सिङको आरोपित हरु पक्राउ परे पनि श्रीलंकाले भने नाम सर्वाजनिक गरेको छैन ।

गत मे महिनामा अल्जाजिरा टेलिभिजनले क्रिकेट म्याच फिक्सिङको बारेमा एक डकुमेन्ट्री प्रशारण गरेपछी खेल मैदानमा श्रीलंकाले सुरक्षा र अनुसन्धानका कर्मचारी थप गरेको थियो भने हालै सम्पन्न घरेलु टि-२० प्रतियोगितामा दुई जना भारतियलाई म्याच फिक्सिङको आरोपमा पक्राउ गरेको थियो ।

Comments

comments