Home international मोदीको सुरक्षाका लागि भारतिय सैनिक नेपालमा

मोदीको सुरक्षाका लागि भारतिय सैनिक नेपालमा

SHARE

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको समय नजिकिदै गर्दा संवेदनशील क्षेत्र वरपर सुरक्षा अवस्था कडाई गर्न थालिएको छ ।

यसैबीच, बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ । भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ । मोदीसहित बिमस्टेक राष्ट्रका राष्ट्रप्रमुखको सुरक्षा नेपालले गर्ने भएपनि मोदीको ‘क्लोज प्रोटेक्सन’ सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।

Comments

comments