Home Sports cricket भारत विरुद्ध हङकङको अविस्मरणीय ब्याटिङ प्रदर्शन ।

भारत विरुद्ध हङकङको अविस्मरणीय ब्याटिङ प्रदर्शन ।

SHARE

युएई मा जारी एसिया कप प्रतियोगिता अन्तर्गत हङकङले भारत विरुद्ध अविस्मरणीय ब्याटिङ प्रदर्शन गरेको छ ।

जारि प्रतियोगितामा समूह बि अन्तर्गत चलिरहेको खेलमा अहिले हङकङले भारत विरुद्ध जवाफी ब्याटिङ गरिराखेका छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारतले दिएको २८६ रनको लक्ष्य पछ्याई रहेको एसोसिएट रास्ट्र हङकङले उत्कृष्ट र अविस्मरणीय ब्याटिङ प्रदर्शन गरेको छ ।

ताजा अवस्था हङकङले भारत विरुद्ध २२ ओभरमा विना विकेट ११९ रन बनाएर खेली राखेको छ ।

अहिले क्रिजमा ओपनर निजकट खान ६९ रन बनाएर खेलीरहेका छ्न भने अर्का ओपनर तथा कप्तान अन्सुमन रथ ४१ रन बनाएर खेलीरहेका छ्न ।

टेस्ट क्रिकेटको बादसाह भारत टिमका बलर हरु हङकङ सामु निरीह भएका छ्न ।

हङकङलाई एसिया कपमा भारतलाई हराउदै पहिलो जित दर्ता गर्न अब १६७ रनको आवस्यकता परेको छ भने उसका १० विकेट बाकि छ्न ।

यस अघि टस हारेर ब्याटिङ गरेको भारतले शिखर धवनको १२७ र अम्बाति राईडुको ६० रनको मद्दतले निर्धारित ५० ओभर २८५ रन बनाएको थियो ।

Comments

comments