Home Sports cricket भारत विरुद्ध अफगानिस्तानका महोम्मद सेहजादको शतक ।

भारत विरुद्ध अफगानिस्तानका महोम्मद सेहजादको शतक ।

SHARE

युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलिरहेको अफगानिस्तानको लागि ओपर ब्याट्सम्यान महोम्मद सेहजादले भारत विरुद्ध शतक प्रहार गरेका छ्न ।

एसिया कपको सुपर फोर अन्तर्गत सेहजादले भारत विरुद्ध ११६ बलमा ७ छक्का र ११ चौका सहित १२४ रनको पारी खेलेका थिए ।

आई सि सि को एकदिवसीय वरियतामा ५५ औ स्थानमा रहेका सेहजादको अन्तर्राष्ट्रिय एकदिवसीयमा यो ५ औ शतक हो ।

सुपर फोरम लगातार दुई खेलमा पराजय बेहोरेपछी प्रतियोगिता बाट बाहिरिएको अफगानिस्तानले जारी एसिया कप अन्तर्गत आफ्नो अन्तिम खेल भारतसङ्ग खेलिरहेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ताजा अवस्थामा ४५ ओभरको खेल सकिदासम्म ७ विकेट गुमाएर २२८ रन जोडेको छ । ब्याटिङमा अफगानिस्तानको लागि महोम्मद नाबीले पनि अर्धशतक पूरा गरेका छ्न ।

Comments

comments