Home Football भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिप

भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिप

SHARE

सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा माल्दिभ्सले भारतलाई २-१ गोल अन्तरले हराएको हो ।

माल्दिभ्सका लागि इब्राहिम हुसेन र अली फसेरले एक-एक गोल गरे। भारतका लागि सुमित पास्सीले इन्जुरी टाइममा एक गोल पर्काए।

समूह चरणका कुनै गोल नगरी भाग्यमानी बनेर सेमिफाइनल पुगेको माल्दिभ्सले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

Comments

comments