Home Sports cricket भारत,अफगानिस्तानसंग सिरिज खेल्न नेपाली युवा टिम बिहान भारत प्रस्थान

भारत,अफगानिस्तानसंग सिरिज खेल्न नेपाली युवा टिम बिहान भारत प्रस्थान

SHARE

भारत र अफगानिस्तानको युवा टोलीसँग एकदिवसीय क्रिकेट शृंखला खेल्न १९ वर्षमुनिको नेपाली क्रिकेट टोली आज बिहान भारतको लखनउ पस्थान गरेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईको निमन्त्रणामा हुन लागेको शृंखलामा भारतका टोलीसहित अफगानस्तान र नेपालले खेल्नेछन् ।

मोहमद आसिफ शेखको कप्तानीमा रहेको नेपाली टोलीमा तृतराज दास, ऋत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की कमलसिंह ऐरी र सन्दीप जोरा, रवी साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।

खेलाडीसँगै प्रशिक्षक विनोद दास, सहायक प्रशिक्षक मनोज कटुवाल र टिम म्यानेजरका रुपमा शक्ति गौचन पनि लखनउ गएका छन् । नेपालले पहिलो खेलमा बुधबार भारतको १९ वर्षमुनिको बी टिमसँग खेल्नेछ भने विहीबार भारतको १९ वर्ष मुनिको ए टिमसँग र सेप्टेम्बर १६ तारिखमा अफगानस्तानको टिमसँग खेल्नेछ ।

Comments

comments