Home Sports cricket बलिङमा रबिन्द्र जडेजाको उत्कृष्ट कमब्याक: भारत सामु १७३ रनमै समेटियो बङ्गलादेश ।

बलिङमा रबिन्द्र जडेजाको उत्कृष्ट कमब्याक: भारत सामु १७३ रनमै समेटियो बङ्गलादेश ।

SHARE

युएईमा जारी एसिया कप अन्तर्गत सुपर फोरको खेलमा लामो समयपछि राष्ट्रिय टोलिमा फर्किएका भारतीय बलर रबिन्द्र जडेजाले उत्कृष्ट प्रदर्शन गरेपछी बङ्गलादेश भारतसामु मात्र १७३ रनमा समेटिएको छ ।

युएई को दुबई अन्तर्राष्ट्रिय स्टेडियमा टस हारेर ब्याटिङ सुरु गरेको बङ्गलादेश ४९.१ ओभरमा मात्र १७३ रनमै समेटिएको हो ।

बङ्गलादेशको लागि ब्याटिङमा मेहिदी हसनले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । बङ्गलादेश विरुद्ध उत्कृष्ट बलिङ गरेका भारतीय बलर रबिन्द्र जडेजाले १० ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका छ्न भने भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३-३ विकेट लिएका छ्न ।

जितको लागि १७४ रनको लक्ष्य पाएको भारतले केही बेरमा जवाफी ब्याटिङ गर्दै छ ।

अफगानिस्तानद्वारा पाकिस्तानलाई जितको लागि २५८ रनको लक्ष्य प्रस्तुत ।

यसैबीच जारि एसिया कपमा दोस्रो सुपर फोर खेल अन्तर्गत अफगानिस्तानले पाकिस्तान सामु जितको लागि २५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सेईख जयाद स्टेडियम अबुधाबिमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले हस्मुतुल्लाह सहिदिको अविजित ९७ रन तथा कप्तान अस्घर अफगानको ६७ रनको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५८ रन बनाएको छ । बलिङतर्फ पाकिस्तानका महोम्मद नवाजले ३ तथा सहिन अफ्रिदिले २ विकेट लिएका थिए ।

Comments

comments