Home Entertainment Bollywood प्रियंकाको ठाउँमा कट्रिना ल्याउँदा ‘भारत’को स्क्रिप्ट फेरियो, यसकारण फिट भइनन् कट्रिना

प्रियंकाको ठाउँमा कट्रिना ल्याउँदा ‘भारत’को स्क्रिप्ट फेरियो, यसकारण फिट भइनन् कट्रिना

SHARE

सलमान खानको आगामी फिल्म भारतको माल्टामा भइरहेको सुटिङ पूरा भएको छ । यो फिल्ममा सुरुमा प्रियंका चोपडालाई सलमानको अपोजिट रोलमा राख्ने तयारी गरिए पनि प्रियंकाले बीचैमा फिल्म छोडेपछि त्यो रोल कट्रिना कैफलाई दिइएको थियो । सूत्रका अनुसार प्रियंकाको ठाउँमा कट्रिनालाई ल्याएपछि फिल्मको स्क्रिप्ट नै फेर्नुपरेको थियो । सलमानले केही समयअघि फिल्मको स्क्रिप्ट फेर्न लगाएका थिए ।

फिल्मको मूल कथाअनुसार फिल्मका हिरोले एक युद्धका क्रममा आफ्नो एक खुट्टा गुमाउँछन् । तर सलमान र निर्देशक अली अब्बास जफरले यो दृश्यलाई हटाएका थिए । पछिल्लो जानकारीअनुसार फिल्ममा कट्रिना कैफ आएपछि स्क्रिप्ट पुनः बदलिएको छ । पहिलेको स्क्रिप्टअनुसार फिल्ममा प्रियंका चोपडाले एक उत्तर भारतीय युवतीको भूमिका निभाउँदै थिइन् । कट्रिना आएपछि यो स्क्रिप्टलाई पुनः उनको हिसाबले फेरिएको छ । यो फिल्म कोरियन फिल्म ‘ओड टू माइ फादर’बाट प्रेरित छ ।

Comments

comments