Home Entertainment प्रियंकाको अर्को महिना हुने भनिएको विवाह नहुने, आफैले खोलिन् बिहेको समय

प्रियंकाको अर्को महिना हुने भनिएको विवाह नहुने, आफैले खोलिन् बिहेको समय

SHARE

हालैमात्र अभिनेता आयुष्मान देशराज जोशीसँग अफिसियल इन्गेजमेन्ट गरी अभिनेत्री प्रियंका कार्कीले यो जोडीको यो वर्ष विवाह नहुने बताएकी छिन् । विवाहको बारेमा अन्योल रहेको थाहा पाएको बताउँदै अभिनेत्री प्रियंका कार्कीले उनको विवाह अर्को वर्ष मात्र हुने जानकारी दिएकी हुन् ।

नेपाली हास्य फिल्म दाल, भात, तरकारीको औपचारिक घोषणा गर्न आयोजना गरेको एक कार्यक्रममा प्रियंकाले सो जानकारी दिएकी हुन् । सो फिल्म यसअघि शत्रु गते निमार्ण गरेको मह जोडी लगायतको टोलीले निर्माण गर्न लागेको हो । 

सो कार्यक्रममा प्रियंकाले भनिन् म यो वर्ष बिहे गर्दिन किनकी मेरो र आयुष्मान दुवैको आआफ्नो कामहरू बाकीँ छ भने मेरो आफ्नै भाइ पनि अमेरिकामा छन् । त्यसैले भाइको बिदा मिलेपछि र हामी दुवैको काम सकेर अर्को वर्ष मात्र हामी बिहे गर्छौ ।

फिल्म दाल, भात, तरकारीमा सुरुमा प्रियंकालाई हरिवंश आर्चायको जोडीको रुपमा प्रस्तुत गर्ने तयारी गरिएको थियो तर पछि सुरुमा प्रियंकालाई दिएको रोलमा नेपाली फिल्मको पुरानो अभिनेत्री निरुता सिंह राजी भएपछि निरुता हरिवंशको जोडीको रुपमा देखिने भएकी छिन् ।

Comments

comments