नेपाल आयल निगमले पेट्रोलसहित इन्धनको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि आइतबार राति १२ बजेदेखि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
भारतीय आयल निगम आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटेको हो।
पेट्रोलमा ३, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ घटाएको निगमले जानकारी दिएको छ।