Home Entertainment पूजाको रामकहानीले प्रदर्शनमा आएको २ दिनमै कमायो करोड

पूजाको रामकहानीले प्रदर्शनमा आएको २ दिनमै कमायो करोड

SHARE

नेपाली चलचित्र रामकहानी र रोज एकै पटक प्रदर्शनमा आएका छन् । चलचित्र रामकहानी र रोजको रिलिज मिति एकै दिन परेपछि विवाद समेत निम्तिएको थियो । रिलिज पछिको अवस्था हेर्दा रामकहानीलाई रोजले उछिनेको छ ।

चलचित्र रामकहानीलाई अभिनेत्री पूजा शर्माले निर्माण गरेकी हुन् । पूजा र अभिनेता आकाश श्रेष्ठको मुख्य अभिनय रहेको यस चलचित्रलाई दर्शकले अत्यधिक मन पराइरहेका छन् । चर्चित हास्यकलाकारहरु समेत रहेको यो चलचित्र प्रेम कथामा आधारित चलचित्र हो । चलचित्रको व्यापार र दर्शकहरूको प्रतिक्रियाले अहिले पूजा शर्मा निकै खुशी देखिन्छिन् । रिलिज अगाडि अभिनेता प्रदीप खड्काले अभिनय गरेको रोजले आफ्नो चलचित्रलाई छायाँमा पार्न सक्ने डर भएता पनि अहिले उनी त्यो डरबाट बाहिर निस्किसकेकी छिन् ।

चलचित्र रोज प्रेम र अपराध बीच घुमेको चलचित्र हो । यस चलचित्रलाई समिक्षकले राम्रो प्रतिक्रिया दिइरहेका छैनन् । यस चलचित्रमा प्रदीप खड्का, परमिता आर एल राणा, मिरुना मगर लगायत कलाकारले अभिनय गरेका छन् । चलचित्र आफ्नी प्रेमिकालाई निकै माया गर्ने प्रेमीले त्यही प्रेमिकालाई नै मारेको कथावस्तु देखाइएको छ ।

Comments

comments