Home News Nepal पदकको आश गरिएको तेक्वान्दोमा हात लाग्यो शून्य !

पदकको आश गरिएको तेक्वान्दोमा हात लाग्यो शून्य !

SHARE

१८औं एशियाली खेलकुद अन्तर्गत पदकको आशा गरिएको तेक्वान्दो यसपटक पदकविहीन बनेको छ । व्याडमिन्टनको महिला एकलमा नङसलदेवी तामाङ र प्रिक्वाटरफाइनलको यात्रा तय गर्दा बाँकी खेलमा निराशाजनक प्रदर्शन जारी रहयो ।

नेपालबाट अन्तिम प्रतिष्पर्धीकोरुपमा रहेका ज्ञानेन्द्र हमाल र अस्मिता खड्काले बिहीबार पराजय ब्यहारेपछि १८औं एशियाडबाट नेपाली तेक्वान्दो खाली हात घर फर्कने निश्चित भएको हो । बिहीबार पुरुषको ६८ केजीमूनि स्पर्धामा नेपालका ज्ञानेन्द्र हमाल प्रि–क्वार्टरफाइनलमा मलेसियाली खेलाडी ठूलो अन्तरमा पराजित भए । यता महिलाको ४९ केजीमूनि तौलसमूहमा नेपाली खेलाडी अस्मिता खड्का पनि प्रि–क्वार्टरफाइनलमै पराजित भइन् ।

उनी पनि इरानी खेलाडीसंग भारी अन्तरमा ने पराजित भइन । नेपालका लागि एशियाली खेलकुदमा सबैभन्दा धेरै पदक जित्ने खेल तेक्वान्दो योसहित तीन एशियाडमा पदकबिहीन भएको छ । एशियाली खेलकुदमा नेपालले जितेका २२ मध्ये एकमात्र रजतसहित १४ पदक तेक्वान्दोबाट जितेको छ । त्यसैगरी आर्चरीतर्फ पनि नेपालले विहीबार निराशाजनक नतिजा व्यहोरेको छ । महिला एकलतर्फ नेपालकी ज्ञानु अवाल हङकङकी लामसुकसंग पराजित भईन् ।

त्यसैगरी आर्चरी तर्फनै नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग पराजित भए् । त्यस्तै तिलक पुन मगर चीनका खेलाडीसंग पराजित भएका छन् । त्सैगरी ब्याटमिटन तर्फ नेपालका मिक्स डबल्स जोडि दिपेश धामी र जेसिका गुरुङको जोडि हङकङका जोडीसंग, दिदीभाईको जोडी नङशलदेवी तामाङ र रत्न जित तामाङको आयोजक ईन्डोनेशियाका जोडीसंग पराजित भएका छन् । तर नेपालका विकाश श्रेष्ठ र नविन श्रेष्ठको जोडी पुरुष युगलतर्फ प्रिक्वाटरफाइनल पुगेको छ ।

अन्तिम ३२ को खेलमा विकाश र नविनको जोडीले बिहीबार मंगोलियाको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रिक्वाटरफाईनलमा पुगेको हो । त्यस्तै महिला एकल स्पर्धामा नङसलदेवी तामाङले प्रिक्वाटरफाईनलमा पुगेकी छिन् । उनले विहिबार माल्दिसकी खेलाडीलाई दुई शुन्यको सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा पुगिन् । ब्याटमिटनका केहि स्पर्धाका खेलहरु आज नै हुँदैछन् ।

Comments

comments