Home Entertainment Bollywood नेपाली फिल्म खेल्दै सनी लियोनी, अनुप बिक्रम शाहीले सनीसँग रोमान्स गर्ने

नेपाली फिल्म खेल्दै सनी लियोनी, अनुप बिक्रम शाहीले सनीसँग रोमान्स गर्ने

SHARE

पोर्नस्टार हुँदै बलिउडकी चर्चित हिरोइन बनेकी सनी लियोनी अब नेपाली फिल्म खेल्ने भएकी छिन् । फिल्म बलिउड र नेपाली फिल्म उद्योगका लगानीकर्ताको साझा लगानीमा बन्ने बताइएको छ । बिक्रम जोशीको निर्देशनमा बन्न लागेको फिल्ममा केही नेपाली कलाकारहरु समेत हुनेछन् ।

फिल्ममा नेपाली कलाकारहरु अनुप बिक्रम शाही, छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको फिल्ममा महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको सुटिङ लण्डनमा हुने बताइएको छ । यो फिल्मका लागि सनीले ठूलो पारिश्रमिक लिएको बताइए पनि उनको पारिश्रमिक भने खुलेको छैन । केही दिनमै फिल्मको सुटिङ सुरु हुने बताइएको छ ।

Comments

comments