Home Entertainment निकले गरे खुलासा, कसरी प्रियांकासँग लभ पर्यो ? (भिडियो सहित)

निकले गरे खुलासा, कसरी प्रियांकासँग लभ पर्यो ? (भिडियो सहित)

SHARE

बलिउड अभिनेत्री पियांका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसबीच बिहे हुँदैछ । गएको अगस्ट १८ मा उनीहरुबीच मुम्बैमा रोक पनि भएको छ । जसमा निक र प्रियांकाका साथी तथा परिवारका सदस्य सहभागी भएका थिए ।

हालका दिनमा प्रियंका र निक अमेरिकामै छन् । उनीहरु त्यहाँ विदा मनाइरहेका छन् । यहीबीचमा उनीहरुको प्रेम सम्बन्धबारे एक शोमा निकले विभिन्न खुलासा गरेका छन् । द टुनाईट शो मा निकले प्रियंकासँगको प्रेम सम्बन्धबारे बोलेका हुन् ।

सो क्रममा निकले प्रियंकासँग ६ महिना च्याट गरेको समेत खुलासा गरेका छन् । उनीहरुबीच परिचय एक साथीले गराएको र त्यसपछि लगातार ६ महिना च्याट भएको निकले बताएका छन् ।

शोका होस्ट जिमीले जब निकलाई उनीहरुको निक नेमबारे सोधे निक भने शर्माएका थिए । सामाजि सञ्जालमा आजभोली निकयंका ह्यास ट्याग चर्चित छ । प्रियंकालाई भने यो नाम मन पर्ने निकले बताए ।

प्रियंका र निकबीच बिहे हुने विषयले भारतमात्र होइन हलिउडमा पनि निकै चर्चा पाएको छ ।

Comments

comments