Home Entertainment Bollywood दीपिका-रणवीरको विवाहमा सहभागी हुन कडा नियम, यस्तो शर्त अपनाए मात्रै पाइनेछ इन्ट्री

दीपिका-रणवीरको विवाहमा सहभागी हुन कडा नियम, यस्तो शर्त अपनाए मात्रै पाइनेछ इन्ट्री

SHARE

दीपिका पादुकोण र रणवीरको विवाहमा आउने पाहुनाले मान्नुपर्छ यस्ता शर्त, नत्र वेटिङ्ग हलमा इन्ट्री हुने छैन। दीपिका पादुकोण र रणवीर सिँहको विवाहको मिति निश्चित भइसकेको छ। दुवै यसैवर्ष २० नोभेम्बरका दिन विवाह बन्धनमा बाँधिन लागेका हुन्।

दुवैको विवाहलाई लिएर विभिन्न खाले समाचारहरु बाहिर आएका छन्। जसले दीपिका र रणवीरको साथीहरुलाई निराश तुल्याउँछ। भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुको विवाहको फोटो खिच्न नपाईने भएको छ। यहाँ विवाहमा आउने पाहुनाहरुले साथमा मोबाइल लिएर आउँन पाउने छैनन्।

यदि यो नियम नमानेमा उनीहरु विवाहमा सरिक हुन पाउँने छैनन्। कबीर बेदीले आफ्नो ट्वीटरमा लेखेका छन् – ‘दीपिका रणवीरलाई विवाहका लागि बधाई छ। बहुत सुन्दर जोडीको विवाह इटलीको राम्रो लोकेशनमा हुँदै छ। निकै शानदार इभेन्ट हुँदै छ। उनीहरुलाई जिन्दगीभर खूशी मिलोस् शुभकामना।

दीपिका र रणवीरको विवाह विशेष हुनेछ। यसका लागि विवाह सिर्फ दुई जनाको परिवार सामेल हुनेछन्। गेष्ट लिस्टमा जम्मा ३० जना सहभागी हुनेछन्। विवाह इटलीको लेक कोमोमा हुनेछ। रणवीर र दीपिकाको विवाह पश्चात मूम्बई र दीपिकाको गाउँमा हुनेछ।

भारतीय सञ्चार माध्यममा दीपिका पादुकोण र रणवीरको विवाहबारे समाचार छ्यापछ्याप्ती आएपनि उनको परिवारले भने आधिकारिक घोषणा भने गरेको छैन।

Comments

comments