Home News Nepal ट्रम्प र किम बिचको भेटबार्ता – गोर्खा सेनाले विश्वसामु चिनायो नेपाल को...

ट्रम्प र किम बिचको भेटबार्ता – गोर्खा सेनाले विश्वसामु चिनायो नेपाल को गौरव ।

SHARE

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी रास्ट्रपति डोनल्ड ट्रम्प बिच भोलि मंगलबार सिङ्गापुरको एक होटलमा ऐतिहासिक वार्ता हुने भएको छ ।

पुरै विस्वद्वारा अपेक्षित भेटवार्तामा सिङ्गापुरको गोर्खा सेनाले सुरक्षा दिने भएको छ ।

एतिहासिक वार्ताका लागि दुबै नेता हिजो नै सिङ्गापुर पुगिसकेका छन ।वार्ता पछि पुरै विस्वसामु “शान्तिको सन्देश फैलिने विस्वास समेत गरिएको छ ।

यसअघि अमेरिका र उत्तर कोरियाबीच आरोप प्रत्यारोप भइरहेको थियो । एकले अर्कालाई आक्रमण गर्ने चेतावनी बारम्बार दिएका थिए । जसका कारण विश्व नै त्रसित बनेको अवस्था थियो । तर अहिले दुवै देशका नेतृत्वकर्ताबीच भेटवार्ता हुँदा सम्बन्ध सुधारको अपेक्षा गरिएको छ ।

ट्रम्प र किमबीचको वार्ता स्थल वरपर गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । सबैभन्दा बढि सुरक्षा दिनुपर्ने ठाउँहरुमा गोर्खा प्रहरी खटाइनुले नेपाल र नेपालीको पनिगौरव विस्वसामु चिनएको छ ।

सिंगापुर प्रहरीको गोर्खा टुकडीले वार्तास्थल, दुई नेता बस्ने होटल, उनीहरू हिँड्ने सडकलगायत स्थानमा सुरक्षा दिनेछन् ।

Comments

comments