Home Sports cricket टि-१० लिगमा झण्डै ३५ लाखमा अनुबन्धन भए सन्दीप लामिछाने ।

टि-१० लिगमा झण्डै ३५ लाखमा अनुबन्धन भए सन्दीप लामिछाने ।

SHARE

नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने टि-१० क्रिकेट लिग २०१८ मा महङ्गो मुल्यमा अनुबन्धन भएका छ्न ।

अगामी नोभेम्बर २३ देखि डिसेम्बर २ सम्म संयुक्त अरब ईमिरेट ( युएई ) मा आयोजना हुने टि-१० क्रिकेट लिग २०१८ मा लामिछाने झण्डै ३५ लाख नेपाली रुपैयामा अनुबन्धन भएका हुन ।

प्रतियोगितामा सहभागी हुने कुल ८ टोलि मध्ये सन्दिप लामिछानेलाई केरला किङ्ग्सले ३० हजार अमेरिकी डलरमा अनुबन्धन गरेको हो भने सन्दीप लामिछानेको टिममा विश्व क्रिकेटका विभिन्न हस्ती खेलाडिहरु समावेश रहेका छ्न ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसिसी) को एकदिवसीय फर्म्याटमा शिर्ष टोलि ईङ्गल्याण्डका ईयन मोर्गन आईकन प्लेयर रहेको सन्दीपको टिममा विष्पोटक ब्याट्सम्यान क्रिस गेल , किरन पोलार्ड ,जुनैद खान र टम कुरन जस्ता परिचीत खेलाडीको बाहुल्यता रहेको छ ।

पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा केरला किङ्ग्स , मरठा अरवियन्स ,पख्तुन्स , पन्जावी लेजेण्ड ,बङ्गाल टाईगर्स ,करचियन्स ,राजपुत्स र नर्थन वारियर्स रहेका छ्न ।

Comments

comments