Home Entertainment Bollywood जब ऋतिक रोशनकी दिदी सुनैना ऋतिकका साथीसँग डेट गइन्

जब ऋतिक रोशनकी दिदी सुनैना ऋतिकका साथीसँग डेट गइन्

SHARE

बलिउड अभिनेता ऋतिक रोशनकी दिदी सुनैनाले केही दिन अगाडि एक ब्लग लेखेकी थिइन्। जसमा उनले आफ्ना भाइ ऋतिकका विषयमा धेरै कुराको खुलासा गरेकी छन्। जसको विषयमा कमैलाई मात्र थाहा होला। ऋतिकलाई सानोमा मायाले डुग्गु भनेर बोलाइन्थ्यो।
ऋतिककी दिदी सुनैनाको ब्लग उनकै शब्दमा।

सानामा म र डुग्गु एक अर्का भन्दा निकै फरक थियौं। डुग्गु निकै लजालु थियो भने म धेरै चकचके थिएँ। उ मेरा साथीसँग कुरा गर्न पनि लजाउँथ्यो। हामी एक आपसमा निकै झगडा गथ्र्यौं। हामी धेरै झगडा गर्दा हाम्री आमालाई तनाव हुन्थ्यो। आज उ जति अनुशासित छ, बच्चामा उ त्यस्तो थिएन। निकै अल्छी थियो।

ढिलो स्कुल पुग्थयो। लंचको बेलामा अरुभन्दा ढिलोसम्म खाना खाइरहन्थ्यो। स्कुल छुट्टी भइसकेपछि पनि सबैभन्दा अन्तिममा स्कुलबाट बाहिर निस्किन्थ्यो। यी सबै कारणले गर्दा मलाई रिस उठ्थ्यो।

तर मेरो यो भाइले सधैं मेरो दाजुले जस्तै गरी मेरो हेरचाह गथ्र्यो। टीनएजमा मलाइ आफ्ना साथीसँग केही घण्टाकालागि नाइट–आउटको अनुमति थियो। त्यसमा पनि एउटा सर्त थियो कि जब म नाइट–आउटमा जान्छु तब मेरो साथमा डुग्गु पनि जानेछ।

 

एक दिन डुग्गुलाई के थाहा भयो भने म उनको नजिकको साथीसँग डेट गर्दैछु। त्यस दिनदेखि यी युवक डुग्गुका नजिकका साथी रहेनन्।  डुग्गू मेरो सुरक्षालाई लिएर निकै सजग थियो। ममाथि उ सधैं नजर राख्थ्यो।

उनलाइ मैले केही गलत गरिरहेको जस्तो लाग्यो भने सबैभन्दा पहिला आमा र बुवालाई गएर भनिदिन्थ्यो। आमा बुवाले उसलाई पनि हकार्नु हुन्थ्यो किनभने उ निकै जिद्दी स्वभावको थियो। उसलाई पनि शपिङ गर्न लगियो र उनले भनेको चिन किनिदिएन भने जमिनमा सुतेर रुन थाल्थ्यो।

बाल्यकालदेखि नै ऋतिक रोशनमा नृत्यप्रति गजवको रुची थियो। उ माइकल ज्याक्शनको पूजा गथ्र्यो। तर उ अरुका अगाडि नाच्न लगाउँथ्यो। मलाइ थाहा थियो उ हिरो बन्न चाहन्छ। तर बुवालाई पोस्ट ग्रेजुएशनपछि मात्रै बताएँ।

ऋतिकले बुवालाई आफू क्यामरा फेस गर्न तयार रहेको बतायो।  जति जिद्दी उ बाल्यकालमा थियो आज पनि त्यस्तै छ। यदि उसले एक पटक कुनै कुरा गर्ने सोच्यो भने त्यसलाई कसैले पनि रोक्न नसकिने।

जब उ आफ्नो पहिलो फिल्मको तयारी गरिरहेको थियो, तब डान्स गर्दा उसको कम्मरमा एक गाँठो देखियो। डाक्टरले उक्त गाँठोलाई बंगानुगत बताए।  डाक्टरले उसलाई हिरो बन्ने कुरा सोच्न छोड्न आग्रह गरे। डाक्टरले उनलाई डान्स गर्दा एक्शन गर्दा पाँच वर्षभित्र ह्विलचियरको सहारा लिनुपर्ने बताएका थिए।

त्यतिबेला उ मात्र २१ वर्षको थियो। डाक्टरको कुरा सुनेर उन भक्कानियो। तर उसले हिम्मत हारेन। योबीचका उ धेरै डक्टरसँग भेट्न पुग्यो। विज्ञानले हार मान्यो तर उसले विज्ञानलाई नै हराएर देखाइ दियो। उसले धेरै रिसर्च गर्यो, धेरै किताब पनि पढ्यो र आफूलाई तन्दुरुस्त बनायो।

Comments

comments