Home Entertainment चुम्बन गर्दा लाजले भुतुक्कै ऋषि धमलाकी पत्नी एलिजा, धमलाले हँसाए

चुम्बन गर्दा लाजले भुतुक्कै ऋषि धमलाकी पत्नी एलिजा, धमलाले हँसाए

SHARE

नेपाली चलचित्र अनुराग असोज १२ गते देखि प्रदर्शनमा आउँदै छ । चलचित्र अनुरागलाई चर्चित पत्रकार ऋषि धमलाले निर्माण गरेका हुन् भने ऋषि धमलाकी पत्नी एलिजा गौतमले यस चलचित्रमा अभिनय गरेकी छिन् । दुई सन्तानकी आमा एलिजाको यो डेब्यु चलचित्र हो।

एलिजा गौतम र ऋषि धमलाको उमेर अन्तर धेरै छ । धमला भन्दा एलिजा केही वर्ष नै कान्छी छन् । विवाह गर्दा एलिजा कलेज पढ्दै थिइन् र उनमा अभिनेत्री बन्ने चाहना पनि थियो ।

धमलाले श्रीमतीको चाहनालाई बुझेर विवाह पछि नै चलचित्र क्षेत्रमा केही गर्नको लागि कलाकारिता सिक्न प्रोत्साहन गरेका थिए । तर एलिजाले नै पहिले सन्तान जन्माएर करियरमा लाग्ने निर्णय गरिन् र त्यही निर्णय स्वरुप दुई सन्तानकी आमा भैसकेपछि चलचित्रमा डेब्यु गरेकी छिन् ।

चलचित्र अनुरागले दर्शकको माया पाउनेमा ऋषि धमला विश्वस्त छन् । उनले अबको पाँच वर्ष चलचित्र क्षेत्रमा निर्माताहरूले र सँगै कलाकारहरूले पनि सहकार्य गर्नुपर्ने बताएका छन् । उनका अनुसार, अबको पाँच वर्ष सबै क्षेत्रमा सहकार्य भएमा नेपाल समृद्ध बन्नेछ ।

Comments

comments