SHARE

     देशको अर्थतन्त्रको सुचक हो शेयर बजार। र पनि नेपालको एक मात्र शेयर बजार नेपाल स्टक एक्स्चेन्ज अस्वाभाबिक रुपमा निरन्तर गिरवट आइरहेको  छ।बिभिन्न बहनामा शेयर बजारमा गिरवट आइरहेको  छ। लगानी सम्बन्धी काम गर्ने सस्थाका पदाधिकारीहरु निरन्तर बिभिन्न ब्यक्तिहरु सँग कुरा गरी फोटो खिचाउन ब्यस्त छन। सरोकारवाला ब्यतिहरुसँग कुरा गर्दा यि कुरा नछुटुन भन्ने मेरो चाहना छ । मेरो खोज र अनुसन्धानले नेपालको शेयर बजार सुधारका लागि सरकारी , सस्थागत ब्यतिगत तथा बिभिन्न सरोकरवाला पक्ष हरुले गर्नपर्ने कामहरुको सुची यस​ प्रकार रहयो। नेपालको शेयर बजार सुधार गर्न निम्न​ बमोजिम कार्य गर्न आवश्यक छ।

१  NRN लाई नेपाली पुजिबजारमा लगानि गर्ने बातावरण बनाउनु पर्छ।

२  अनलाइन ट्रेडिङलाई पूर्ण कार्यन्वन गर्नु पर्छ।

३  कम्नियुस्ट शासन बारे पुजिबजारको डर हट्नु पर्छ।

४  शेयर बजारप्रतिको करको निती सरकारको स्पस्ट​ हुनुपर्छ। बारम्बार शेयर लगनिकर्ता तर्साउने निती हुनु हुँदैअन।

५ शेयर बजार बाहिर रहेका कम्पनिहरुलाई खरिद बिक्रिको दाँयारमा ल्याउनु पर्छ।

६ . शेयर बजारका नियमन्कारी निकायहरु, धितोपत्र बोर्ड, सिडिएस क्लियरिङ्गअ, नेपाल राष्ट्र बैंक, सेबोन, राष्ट्रिय बिमा समिती, बिध्युत बिकास बिभाग, बानिज्य बिभाग अर्थ मन्त्रालय, तथा अन्य सम्बन्धित सरकारी निकाय तथा सरोकारवाला निकायहरुले नेपालको शेयर बजारलाई निरन्तर, उच्च प्रबिधियुत, पूर्ण सुचनामुखी, र आ आफ्नो काम कर्तब्य सकुसलताको साथमा निर्वहाँ गर्नु पर्दछ।

७  शेयरको लगानिमा पनि बिमा जरुरी छ।

८ शेयर धितोमा कम्तिमा ६० प्रतिशत लोन बैकले ब्यबस्ता गरिदिने ब्यवस्था हुनु पर्छ। साथै मार्जिन कल ३५ प्रतिसत भन्दा माथि हुनुपर्छ।

९  म्युचुयल फ्यानडले अन्य क्षेत्रमा लगानी गर्ने नदिने बातावरण बन्नुपर्छ।

१०  नेपाली सेनाको कल्यानकारी कोश, नेपाल प्रहरी तथा सशास्त्र प्रहरी कल्यनकरी कोश, नागरिक लगानी कोश, कर्मचारी सन्छाया कोश, नेपाल टेलेकम, बिध्युत प्राधिकरण, नेपाल आयल निगमा, नेपाल सरकारअका केन्द्रिय स्तर, प्रदेशिक स्तर, इस्थानइय स्तरमा खोलियक सरकारी तथा निजी कोश तथा सस्थानहरुलाई शेयरबजारमा लगानि गर्न प्रोतसाहन गर्नु जरुरी छ।

११  नेपालमा ठुलो आर्थिक करोबार हुने घरजग्गा, धेरै जनसंख्या निर्भर रहेको कृषि, निर्माण, खानि उत्खन्न, उधोग , पर्यटन आदी सबै क्षेत्रलाई शेयरबजारको दायरामा ल्याइ शेयर बजारअको क्षेत्र बिस्तार् गर्नु जरुरी छ।

१२  शेयर बजारमा रहेका बिशेष गरी बैकिङ र बिमा कम्पनी हरुमा सन्ख्यातमक ब्रिधिभन्दा पनि गुनात्मक ब्रिधी गरी यिनको पुजी ब्रिदी गर्दा राइट शेयर होइन , मर्जर, अकवाजिसन तथा बोनस शेयर बाट मात्र पुजी पुर्याउने  पाउने निती सरकारी निकायले लिनाका साथै कडाइका साथमा कार्यन्वयन गर्नु पर्दछ।

१३  आइपियो अफ्पिओ, तथा दोस्रो बजारका बिक्री हुने शेयरको हरेक ४ महिनामा प्रकाशित​ हुने बिवरण सर्वसाधारण जनताले पनि बुझ्न सक्ने गरी प्रकाशित हुनुप्रदछ।साथै रिक्स जोनमा रहेका कम्पनी हरुको करोबारमा प्रतिबन्ध वा कम्पनी खरेज भयको अवस्थामा लगनिकर्ताको लगानी नडुब्ने सम्म्को बिमा कम्पनी गर्ने ब्यवस्था  हुनु पर्दछ।

१४  रेटिङ, तथा नियमनकरी निकायले सहि  रुपमा नियमनकारी भूमिकाको काम गर्नु पर्छ।

लेखक​:बिस्णु प्रसाद पकुवाल​

(शेयर बजारका सक्रिय लगानि कर्ता हुनुहुन्छ्।)

 

Comments

comments