Home Sports cricket एसिया कप क्रिकेट : भारतद्वारा पाकिस्तान फराकिलो अन्तरले पराजित ।

एसिया कप क्रिकेट : भारतद्वारा पाकिस्तान फराकिलो अन्तरले पराजित ।

SHARE

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बलिङतर्फ भुबनेश्वर कुमार र अन्य बलरको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले भारतले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको हो । पाकिस्तानलाई पराजित गरे सङ्गै भारत समूह बि को विजेता बनेको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान ब्याटिङमा खराब प्रदर्शन गर्दै मात्र ४३.१ ओभरमा १६२ रनमा समेटिएको थियो । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजमले ४७ तथा सोईब मल्लिकले ४३ रन बनाउन बाहेक अरुको पर्दर्शन भने संतोषजनक रहेन । बलिङतर्फ भारतका भुवनेश्वर कुमार र केदार जयदेवले समान ३-३ विकेट लिएका थिए भने जसपृत बुमराहले २ तथा कुलदेव यादवले १ विकेट लिएका थिए । ७ ओभर बलिङ गरेका भुवनेश्वर कुमारले १ मेडन सहित १५ रन खर्चेर ३ विकेट हात पारेका थिए ।

जितको लागि समान्य लक्ष्य पछ्याउँदै मैदान उत्रेको भारतले २९ ओभरमा २ विकेट गुमाएर १६४ रन बनाउदै ८ विकेटको जित निकालेको थियो । ओपनर रोहित शर्माले ५२ , शिखर धवनले ४६ तथा दिनेश कार्तिक र अम्बाति राईडुले अविजित ३१-३१ रनको योगदान दिएका थिए ।

जारी प्रतियोगिता अन्तर्गत हङकङ र श्रीलंका प्रतियोगिताबाट बाहिरि सकेका छ्न भने भारत , पाकिस्तान , बङ्गलादेश र अफगानिस्तान सुपर फोरमा प्रवेश गरेका छ्न ।

यसैबीच समूह ए अन्तर्गत आज अन्तिम खेल बङ्गलादेश र अफगानिस्तान बिच हुने भएको छ । खेल नेपाली समय अनुसार बेलुकी ५:१५ बजे सुरु हुनेछ । अफगानिस्तान र बङ्गलादेश सुपर फोरमा प्रवेश गरिसकेका भए पनि आजको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ ।

Comments

comments