Home Sports cricket एसिया कप क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी भारत ।

एसिया कप क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी भारत ।

SHARE

अगामि सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बङ्गलादेशमा आयोजना हुने अन्डर-१९ युथ एसिया कप क्रिकेटमा नेपालको पहिलो प्रतिद्वन्दी भारत रहेको छ ।

कुल ८ रास्ट्र सम्मीलित उक्त प्रतियोगितामा समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २९ अर्थात अगामी शनिबार भारतसङ्ग खेल्दै छ ।

नेपाल , भारत , अफगानिस्तान र युएई समूह ए मा रहेका छ्न भने पाकिस्तान , बङ्गलदेश , हङकङ र श्रीलंका समूह बि मा रहेका छ्न । प्रतियोगितामा समूह विजेता र उपविजेता टोलि सेमिफाइनलको लागि क्वालिफाई हुनेछ्न ।

तुलनात्मक रूपमा बलियो समुहमा परेको नेपालको समुहमा गत सस्करणको डिफेन्डिङ च्याम्पियन अफगानिस्तान र भारतलाई उपाधी दावेदारको रूपमा हेरिएको छ ।

यस्तो छ एसिया कपमा नेपालको खेल तालिका

पहिलो खेल = नेपाल vs भारत = सेप्टेम्बर २९
दोस्रो खेल = नेपाल vs अफगानिस्तान = अक्टोबर १
तेस्रो खेल = नेपाल vs युएई = अक्टोबर २

Comments

comments