Home Sports cricket एसिया कप क्रिकेटको लागि अन्डर -१९ टोलिमा रोहित कुमार पौडेलको पुनरागमन ।

एसिया कप क्रिकेटको लागि अन्डर -१९ टोलिमा रोहित कुमार पौडेलको पुनरागमन ।

SHARE

अगामी असोज १३ गतेबाट बङ्गलादेशमा आयोजना हुने अन्डर -१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि घोषणा गरिएको १५ सदस्यीय नेपाली टोलिमा सिनियर राष्ट्रिय क्रिकेट टोलिका सदस्य रोहित कुमार पौडेलले पुनरागमन गरेका छ्न ।

१६ वर्षीय रोहित कुमार पौडेलले सिनियर टोलिबाट सहभागीता जनाउदै हाल सम्म २ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छ्न ।

आशीफ सेईखको कप्तानिमा घोषणा गरिएको टोलिमा उप-कप्तानको रूपमा कमल सिह ऐरि रहेका छ्न भने अन्य सदस्यहरुमा रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित  गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद  खान,भिम  शार्की,तृत राज दास, सन्दिप जोरा, सागर  ढकाल,अरुन ऐरि, सुर्य तामांग रहेका छ्न ।

प्रतियोगितामा सहभागी ८ राष्ट्रहरुलाई समुह ‘ए’ र समुह ‘बि’ गरि २ समुहमा बिभाजन गरिएको छ।

नेपाल रहेको समुह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन अफगानिस्तान, भारत र युएई रहेका छन भने यस्तै समुह ‘बि’ मा आयोजक बंगलादेश, हंगकंग, पाकिस्तान र श्रीलंका रहेका छन्।

Comments

comments