Home Sports cricket एसिया कपमा हङकङ विरुद्ध भारतको समान्य जित ।

एसिया कपमा हङकङ विरुद्ध भारतको समान्य जित ।

SHARE

एसियन क्रिकेटको आयोजनामा लिटिल वोर्ड कपको रूपमा परिचीत एसिया कप क्रिकेट प्रतियोगिता २०१८ अन्तर्गत सोमबार सम्पन्न खेलमा भारतले हङकङमाथी समान्य जित निकालेको छ ।

समूह बि अन्तर्गत रहेका भारत र हङकङ बिचको खेल निक्कै प्रतिस्पर्धात्मक भएको थियो । यस अघि टस हारेर ब्याटिङ गरेको भारतले शिखर धवनको १२७ र अम्बाति राईडुको ६० रनको मद्दतले निर्धारित ५० ओभर २८५ रन बनाएको थियो ।

जितको लागि २८६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको एसोसिएट रास्ट्र हङकङले पहिलो विकेटको लागि १७४ रनको ऐतिहासिक साझेदारी गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २५९ रन बनाएको थियो । ब्याटिङमा हङकङको लागि ओपनर द्वय निजकट खान र अन्सुमन रथले क्रमशः ९२ र ७३ रन बनाएका थिए ।

सुरुवातमा विकेट लिन नसकेको भारतको लागि खेलको अन्ततिर खालिल अहमद र युझबेन्द्र चहलले समान ३-३ तथा कुलदेव यादवले २ लिएका थिए ।

प्रतियोगितामा सहभागी ६ टोलि मध्ये भारत हाल आई सि सि को टेस्ट वरियतामा शिर्ष स्थान तथा एकदिवसीय बरियतामा दोस्रो स्थानमा रहेको छ भने हङकङ एसोसिएट रास्ट्र हो र हङकङले हालै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता समेत गुमाएको थियो ।

दुबईमा जारी एसिया कप प्रतियोगितामा आज समूह बि अन्तर्गत भारत र पाकिस्तान भिड्दै छ्न ।

Comments

comments