Home Sports cricket एसिया कपमा राशिद खानको उत्कृष्ट प्रदर्शन:अफगानिस्तानद्वारा बङ्गलादेश पराजित ।

एसिया कपमा राशिद खानको उत्कृष्ट प्रदर्शन:अफगानिस्तानद्वारा बङ्गलादेश पराजित ।

SHARE

अफगानिस्तानका लेगस्पिनर राशिद खानले आफ्नो २० औ जन्मदिनको अवसरमा एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै अफगानिस्तानलाई बङ्गलादेश विरुद्ध फराकिलो जित दिलाएका छ्न ।

अफगानिस्तानको लागि राशिद खानले ब्याटिङतर्फ ३२ बलमा अविजित ५७ रन तथा बलिङमा महत्वपूर्ण २ विकेट लिए पछि युएईमा जारी एसिया कपको समूह बि अन्तर्गत अन्तिम खेलमा अफगानिस्तानले बङ्गलादेशलाई १३६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जित सङ्गै अफगानिस्तान समूह बि को विजेता टोलि बनेको छ ।

यस अघि ट्स जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५५ रन बनाएको थियो । अफगानिस्तानको लागि सहिदिले ५८ तथा राशिद खानले अविजित ५७ रनको योगदान दिएका थिए । आठौ विकेटको लागि अफगानिस्तानका राशिद खान र गुल्बदिन नाबिले ९५ रनको महत्वपुर्ण साझेदारि गरेका थिए । बलिङतर्फ बङ्गलादेशका सकिवउल हसन एक्लैले ४ विकेट लिएका थिए ।

अफगानिस्तानले जितको लागि दिएको २५६ रनको चुनौती पछ्याउँदै ब्याटिङ थालेको बङ्गलादेश ४२.१ ओभरमा मात्र ११९ रनमै समेटिए पछि अफगानिस्तानले सहज जित निकालेको हो । अफगानिस्तानलाई जित दिलाउने क्रममा बलिङ तर्फ अफगानिस्तानका राशिद खान , मुजिब उर रहमान र गुल्बदिन नाविले समान २-२ विकेट लिएका थिए ।

खेलमा आफ्नो २० औ जन्मदिन मनाई रहेका स्पिनर राशिद खान म्यान अफ द म्याच घोषणा भएका थिए ।

एसिया कप अन्तर्गत आज देखि सुपर फोरका खेलहरु सुरु हुदैछ्न । पहिलो सुपर फोरमा बङ्गलादेश र भारत नेपाली समय अनुसार बेलुकी सवा ५ बजे भिड्दै छ्न । भारत समूह ए को समुहविजेता टोलि हो भने बङ्गलादेश समूह बि को समूहउपविजेता टोलि हो।

Comments

comments