Home Sports cricket एसिया कपमा भारत र अफगानिस्तानको खेल बराबरीमा टुङ्गियो ।

एसिया कपमा भारत र अफगानिस्तानको खेल बराबरीमा टुङ्गियो ।

SHARE

एसियालि क्रिकेट काउन्सिलको आयोजनामा जरि एसिया कप क्रिकेट अन्तर्गत भारत र अफगानिस्तान बिचको खेल बराबरीमा टुङ्गिएको छ ।

खेल बराबरीमा टुङ्गिए सङ्गै भारत जारी एसिया कप क्रिकेटको फाईनल प्रवेश गरेको छ भने अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।

दुबई अन्तर्राष्ट्रिय स्टेडियममा मङ्गलबार राती सम्पन्न सुपर फोर अन्तर्गतको खेलमा ब्याटिङ र बलिङतर्फ अफगानिस्तानले उत्कृष्ट प्रदर्शन गरेपछी खेल बराबरीमा टुङ्गिएको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ओपनर महोम्मद सेहजादको १२४ रन तथा महोम्मद नाबीको ६४ रनको मद्दतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको थियो । बलिङतर्फ भारतको लागि रबिन्द्र जडेजाले ३ तथा कुलदेव यादवले २ विकेट लिएका थिए ।

जितको लागि २५३ रनको लक्ष्य पछ्याएको भारत एक बल अगाबै २५२ रनमै अलआउट भएको थियो । ब्याटिङमा भारतकोलागी के ओपनर एल राहुलले ६० र अम्बाती राईडुले ५७ रनको योगदान गरेका थिए । भारतले पहिलो विकेटको लागि ११० रनको सझेदारी गरेपनी जितको लागि प्रयाप्त भएन । अफगानिस्तानका राशिद खान , अफ्ताब आलम र महोम्मद नाविले समान २-२ विकेट लिएका थिए ।

प्रतियोगिता अन्तर्गत दोस्रो फाईनल प्रवेश गर्ने टोलिको निधो भने आज बङ्गलादेश र पाकिस्तानको खेलले लगाउने छ ।

सुपर फोर अन्तर्गत आज हुने अन्तिम खेलमा विजेता बन्ने टोलि फाईनल प्रवेश गर्नेछ भने पराजित हुने टोलि प्रतियोगिताबाट बाहिरिनेछ ।

Comments

comments