Home Sports cricket एसिया कपमा भारत पाकिस्तान बिचको खेल आज ।

एसिया कपमा भारत पाकिस्तान बिचको खेल आज ।

SHARE

युएईमा जारी एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्ने भएका छ्न ।

विश्व क्रिकेट प्रेमिहरुले सबैभन्दा बढी महत्वका साथ हेर्ने उक्त प्रतियोगिता नेपाली समय अनुसार बेलुकी ५:१५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियमा हुनेछ ।

जारी एसिया कपमा दुबै देश आफ्नो पहिलो सुपर फोरमा विजयी भएका थिए । सुपर फोरमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

रोहित शर्माको कप्तानिमा रहेको भारतिय टिमले जारी प्रतियोगितामा हङकङ विरुद्ध सबैभन्दा उच्च स्कोर बनाएको थियो उक्त प्रतियोगितामा भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन बनाएको थियो । उता पाकिस्तानले पनि अफगानिस्तान विरुद्ध २५८ रन बनाएको थियो ।

बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरिराखेको भारत आजको खेलमा जित निकाल्दै फाईनल यात्रा सहज गर्ने दाउमा रहेको छ ।

यस अघि समूह चरणको खेलमा भारतले पाकिस्तानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो ।

आज हुने दोस्रो खेलमा अफगानिस्तान र बङ्गलादेश भिड्ने भएका छ्न । दुबै टोलि सुपर फोरमा पराजित भएका थिए ।

Comments

comments