Home Sports cricket एसिया कपमा भारत आज हङकङ सङ्ग भिड्दै ।

एसिया कपमा भारत आज हङकङ सङ्ग भिड्दै ।

SHARE

एसिया कप क्रिकेट प्रतियोगिताको सबैभन्दा बढी पटक उपाधी विजेता भारत युएई मा जारी एसिया कप अन्तर्गत आज आफ्नो पहिलो खेल हङकङ सङ्ग खेल्दैछ ।

जारी प्रतियोगिताको उपाधी दावेदारको रूपमा मानिएको भारत प्रतियोगितामा सहभागी टोलि मध्ये सबैभन्दा कमजोर मानिएको एसोसिएट रास्ट्र हङकङ सङ्ग बेलुकी ५:१५ बजे दुबई अन्तर्राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्दैछ ।

एसिया कपमा तेस्रो पटक सहभागीता जनाए पनि कुनै पनि खेल नजितेको हङकङ जारी प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानसङ्ग ८ विकेटले पराजित भएको थियो । हङकङ आजको खेल हारेमा प्रतियोगिताबाट बाहिरिने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टेस्ट मान्यता प्राप्त रास्ट्र भारत हाल आई सि सि एकदिवसीय वरियता क्रमको दोस्रो स्थानमा रहेको छ भने हङकङले हालै आफ्नो एकदिवसीय मान्यता गुमाएको थियो ।

मलेसियामा सम्पन्न एसिया कप क्वालिफायरमा नेपाल र युएईलाई पराजित गर्दै हङकङले एसिया कपको यात्रा तय गरेको थियो ।

आज हुने खेलमा भारत रोहित शर्मा को कप्तानी तथा हङकङ अन्सुमन रथको कप्तानिमा मैदान उत्रिदैछ्न ।

भारतीय नियमित कप्तान विना प्रतियोगितामा सहभागी भएको भारतीय टोलिको सम्भावित प्लेईङ्ग ११ –
१-रोहित शर्मा
२-शिखर धवन
३-के एल राहुल
४-अम्बाती राईडु
५- महेन्द्र सिह धोनी
६- केदार जादब
७- हार्दिक पाण्डे
८- भुवनेश्वर कुमार
९- कुलदेव यादब
१०- सार्दुल ठाकुर
११- युजभेन्द्र चहल

Comments

comments