Home Sports cricket एसिया कपमा भारतलाई गम्भीर झट्का : एकै पटक बाहिरिए ३ जना महत्त्वपूर्ण...

एसिया कपमा भारतलाई गम्भीर झट्का : एकै पटक बाहिरिए ३ जना महत्त्वपूर्ण खेलाडी ।

SHARE

युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगितामा उपाधी दावेदार मानिएको भारतलाई गम्भीर झट्का लागेको छ ।

भारतीय टिमका ३ जना महत्त्वपूर्ण खेलाडी चोटका कारण जारी एसिया कपबाट बाहिरिएका छ्न ।

एसिया कपमा घाईते भए पछि चोटका कारण भारतीय टिमबाट हार्दिक पाण्डे , सार्दुल ठाकुर र अक्सर पटेल बाहिरिएको कुरा भारतीय क्रिकेट वोर्डले जनाएको छ ।

पाकिस्तान विरुद्धको खेलमा आफ्नो फ्लो थ्रु मा फिल्डिङ गर्ने बेला हार्दिक पाण्डे घाईते भएका थिए भने त्यसै खेलमा फिल्डिङ गर्ने बेला अक्सर पटेल पनि घाईते भएका थिए । सार्दुल ठाकुर भने हङकङ बिरुद्धको खेलमा घाईते भएका थिए ।

बिसिसी आई ले एसिया कपको बाकी खेलमा हार्दिक पाण्डेको ठाउँमा दिपक चहार , अक्सर पटेलको ठाउँमा रबेन्द्र जडेजा र सार्दुल ठाकुरको ठाउँमा सिद्दार्थ कौललाई स्थान दिएको छ ।

Comments

comments