Home Sports cricket एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान विजयी ।

एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान विजयी ।

SHARE

एसियन क्रिकेट काउन्सिल को आयोजनामा युएईमा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न सुपर फोर चरणका खेलमा भारत र पाकिस्तान विजयी भएका छ्न । भारतले बङ्गलादेशलाई तथा पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेका हुन ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको पहिलो खेलमा भारतले बङ्गलादेश माथी ७ विकेटको जित हात पारेको थियो । टस हारेर ब्याटिङ सुरु गरेको बङ्गलादेश ४९.१ ओभरमा मात्र १७३ रनमै समेटिएको थियो ।

बङ्गलादेशको लागि ब्याटिङमा मेहिदी हसनले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । बङ्गलादेश विरुद्ध उत्कृष्ट बलिङ गरेका भारतीय बलर रबिन्द्र जडेजाले १० ओभरमा २९ रन खर्चेर ४ विकेट लिएका थिए भने भुवनेश्वर कुमार र जसप्रित बुमराहले समान ३-३ विकेट लिएका थिए ।

जितको लागि १७४ रनको लक्ष्य पाएको भारत कप्तान रोहित शर्माको अविजित ८० रनको मद्दतले ३६.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्याएको थियो ।

बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका रबिन्द्र जडेजा म्यान ओफ द म्याच घोषणा भए ।

त्यस्तै हिजो सम्पन्न अर्को सुपर फोर खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ ।

सेईख जयाद स्टेडियम अबुधाबिमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले हस्मुतुल्लाह सहिदिको अविजित ९७ रन तथा कप्तान अस्घर अफगानको ६७ रनको मद्दतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५८ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका महोम्मद नवाजले ३ तथा सहिन अफ्रिदिले २ विकेट लिएका थिए ।

जितको लागि २५८ रनको लक्ष्य पाएको पाकिस्तानले ३ बल बाकी छदै ३ विकेटको जित निकालेको थियो । पाकिस्तानको जितमा ईम्माउल हकले ८० , बाबर आजमले ६६ र सोएब मल्लिकले ५१ रनको महत्त्वपूर्ण योगदान गरेका थिए । बलिङतर्फ अफगानिस्तानका राशिद खानले सर्वाधिक ३ र मुजिब उर रहमानले २ विकेट लिए पनि जितको लागि प्रयाप्त भएन ।

जारी एसिया कपमा आज पनि दुई ओटा खेल हुदैछ्न
। आज हुने खेलमा चिर प्रतिद्वन्दी भारत र पाकिस्तान तथा अफगानिस्तान र बङ्गलादेश भिड्दैछ्न । खेल नेपाली समय अनुसार बेलुकी सवा ५ बजे सुरु हुदैछ्न ।

Comments

comments