Home Football इटाली फेरि गुल्टियो, रोनाल्डोको पोर्चुगलले मार्यो बाजी

इटाली फेरि गुल्टियो, रोनाल्डोको पोर्चुगलले मार्यो बाजी

SHARE

इटालियन राष्ट्रिय फुटबल धरासायी हुने क्रम जारी छ । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा इटाली पोर्चुगलसंग पराजित भयो ।

सोमबार राति पोर्चुगलमा भएको खेलमा घरेलु टोली १–० ले विजयी भएको हो ।

आन्द्रे सिल्भाले ४८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।

पोर्चुगल क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएको थियो । इटालियन क्लव युभेन्टसबाट व्यवसायीक खेल थालेका रोनाल्डोले अहिलेसम्म युभेन्टसबाट गोल भने गर्न सकेका छैनन् । फर्ममा फर्कन प्रयासरत उनले नेसन्स कपमा नखेल्ने बताएका थिए ।

जितसँगै पोर्चुगलले तीन राष्ट्र रहेको समूह सी मा अग्रता लिँदा दुई खेलबाट १ अंक मात्रै जोडेको इटाली पुछारमा रहेको छ ।

यसअघि इटालीले पोल्यान्डसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हारले इटाली समूह चरणबाटै बाहिरिएको छ ।

इटालीले रसिया विश्वकपमा समेत स्थान बनाउन सकेको थिएन ।

Comments

comments