Home Movies आलियाको यो ब्यागको मूल्य थाहा छ? छैन भने थाहा पाउनुस्

आलियाको यो ब्यागको मूल्य थाहा छ? छैन भने थाहा पाउनुस्

SHARE

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो नयाँ फिल्म ‘बम्हास्त्र’ को शुटिङ पूरा गरेर बुल्गेरियाबाट स्वदेश फर्किएकी छन्। उनलाई फोटो पत्रकारले मुम्बई विमास्थलमा क्यामरामा कैद गर्न सफल भए।

बुल्गेरियाबाट फर्किने क्रममा आलियासँग एउटा रातो रङको ब्याग देखियो। जुन ब्याग उनले आफ्नो कम्बरमा बाँधेकी थिइन्।
के तपाइँलाई आलियाको उक्त ब्यागको मूल्य थाहा छ? यदि थाहा छैन भने हामी भन्नेछौं। उनको ब्यागका मूल्य थाहा पाएर तपाइँको होश उड्न सक्छ।

आलियाको ब्यागमा मूल्य ६६० अमेरिकी डलर हो। नेपाली रुपैयाँमा हिसाव निकाल्दा ७० हजार भन्दा धेरै मूल्य पर्छ। आलियाको यो ब्याग स्पेनिश लग्जरी ब्राण्ड Balenciaga को एक कलेक्शन हो।

Comments

comments