Home Sports cricket अफगानिस्तानद्वारा श्रीलंका पराजित : हार सङ्गै एसिया कपबाट बाहिरियो श्रीलंका ।

अफगानिस्तानद्वारा श्रीलंका पराजित : हार सङ्गै एसिया कपबाट बाहिरियो श्रीलंका ।

SHARE

युएई मा जारी एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न तेस्रो खेलमा अफगानिस्तानले एसोसिएट श्रीलंकालाई फराकिलो अन्तरले पराजित गरेको छ ।

सोमबार अबेर राती सम्पन्न समूह ए अन्तर्गतको दोस्रो खेलमा अफगानिस्तानले श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । जारी एसिया कप प्रतियोगितामा लगातार दुई खेलमा हार बेहोरे सङ्गै श्रीलंका एसिया कप उपाधी होडबाट बहिरिएको छ ।

अफगानिस्तानले जितको लागि दिएको २५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको श्रीलंका मात्र १५८ रनमा समेटिएको थियो ।

सेईख जयाद स्टेडियम अबुधाबिमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान निर्धारित ५० ओभरमा २४९ रन बनाएको थियो । अफगानिस्तानको लागि ब्याटिङमा रहमतले सर्वाधिक ७२ रन बनाएका थिए ।

श्रीलंकाको लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिसरा परेराले ९ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिएका थिए भने अकिला धनन्जयले २ विकेट लिएका थिए । थिसरा परेराले खेलको ५० औ ओभरमा अफगानिस्तानका ३ जना खेलाडीलाई पभेलियन पर्काएका थिए ।

जितको लागि २५० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रेको श्रीलंकाले टिमको स्कोर शुन्य रनको अवस्थामा ओपनर कुशल मेन्डिसलाई गुमाएको थियो र फलस्वरूप श्रीलंका ४१.२ ओभरमा १५८ रन मै समेटिन पुग्यो । ब्याटिङ तर्फ श्रीलंकाको लागि उफुल तरङ्गा ३६ ,थिसरा परेरा २८ , धनन्जय डि सिल्भा २३ , एन्जिलो म्याथ्युज २२ र कुशल परेराले १७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त भएन ।

Celebration by Afghanistan Player on wicket .

बलिङतर्फ अफगानिस्तानका राशिद खान , मुजुब उर रहमान , गुल्बिन नाबी र महोम्मद नाबीले समान २-२ विकेट लिएका थिए भने श्रीलंकाका दुई जना ब्याट्सम्यान रन आउट भएका थिए ।

जारी एसियाकप अन्तर्गत आज समूह बि अन्तर्गत भारत र हङकङ बिच प्रतिस्पर्धा हुदैछ ।

Comments

comments