Home Sports cricket अन्डर १९ एसिया कप क्रिकेटको लागि नेपाली टोलिको घोषणा ।

अन्डर १९ एसिया कप क्रिकेटको लागि नेपाली टोलिको घोषणा ।

SHARE

अगामी सेप्टेम्बर २९ देखि अक्टोबर ७ सम्म बंगलादेशमा आयोजना हुने अन्डर-१९ एसिया कपको लागि १५ सदस्यीय नेपाली टिमको घोषणा गरिएको छ।

आज घोषणा गरिएको टोलिको नेतृत्व आसिफ शेखले गर्ने भएका छ्न भने टोलिको उप-कप्तानको रूपमा कमल सिंह ऐरि रहेका छ्न ।

यस अघि नेपाली राष्ट्रिय सिनियर टोलिमा प्रतिनिधित्व गरेका रोहित कुमार पौडेलले पनि एसिया कपको लागि अन्डर-१९ टोलिमा सहभागीता जनाएका छ्न ।

नेपाली अन्डर -१९ टिमका मुख्य प्रशिक्षक बिनोद दास, सुनोज भट्टराई र राजु खड्का सम्मेलित चयन समितिले घोषणा गरेको टोलिमा नयाँ अनुहारको रूपमा सुर्य तामांगले प्रवेश पाएका छ्न ।

एसिया कपको लागि घोषणा गरिएको नेपाली अन्डर -१९ टोलिमा आसिफ शेख ( कप्तान ) , कमल सिंह ऐरि ( उप कप्तान ), रोहित पौडेल , रभी शाह, नन्दन यादब, रित  गौतम,पवन शर्राफ, रबिन्द्र जंग शाही, राशिद  खान,भिम  शार्की,तृत राज दास, सन्दिप जोरा, सागर  ढकाल,अरुन ऐरि, सुर्य तामांग सदस्य रहेका छ्न ।

Comments

comments