Home Entertainment अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक

SHARE

युवा स्टार अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । अनमोललाई एक फुटबल खेलाडीको अवस्थामा चित्रण गरिएको छ ।

अनमोल ११ नम्बरको जर्सीमा खेल मैदानमा देखिएको छ । निर्देशक दीवाकर भट्टराईले आज शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् । फिल्मको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा भएको छैन ।

भुवन केसीको निर्माण रहेको ुक्याप्टेनु मा अनमोलले दुई नयाँ (अभिनेत्रीसँग स्क्रिन साझेदार गरेका छन् । यस फिलममा अनमोलको साथै सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार,उपासना सिंह ठकुरी र प्रियंका ,विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

चन्द्र पन्तको द्वन्द्व रहेको फिल्म ‘क्याप्टेन’ माअर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ । दिर्घ खड्काले सम्पादनको जिम्मेवारी लिएको स्रातले जनाएको छ ।

Comments

comments