Home Entertainment Bollywood अक्षयको गोल्ड साउदीमा पनि प्रदर्शन

अक्षयको गोल्ड साउदीमा पनि प्रदर्शन

SHARE

एजेन्सी । अक्षय कुमारको स्पोटर्स ड्रामा फिल्म गोल्डले भारतीय बजारमा राम्रो व्यापार गरिरहेको छ । फिल्म १०० करोडभन्दा पर पुगिसकेको छ । अँझै बक्स अफिसमा गति लिइरहेको छ ।

यो फिल्मलाई समिक्षकले खुब मन पराएका छन् । यो फिल्ममा अर्को उपलब्धि हात पारेको त्यो हो साउदीमा प्रदर्शन हुने पहिलो बलिउड फिल्म ।
गोल्ड साउदीमा बिहीबारबाट प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अक्षयले साउदीमा भारतले पहिलो पटक गोल्ड मेडल जितेको कथा प्रदर्शन हुन लागेकोमा निकै खुसी लागेको बताएका छन् । उनले आफ्नो खुसी ट्वीटरमार्फत व्यक्त गरेका हुन् ।

यो फिल्मभन्दा पहिला साउदीमा रजनीकान्त स्टारर फिल्म काला प्रदर्शन गरिएको थियो । काला साउदीमा रिलिज हुने पहिलो भारतीय फिल्म हो । काला प्रर्दशनका समयमा साउदीमा सिनेमाघरमा लागेको प्रतिबन्ध हटाइएको थियो ।

साउदीमा सिनेमाघरमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध हटेपछि त्यहाँ प्रदर्शन हुने पहिलो फिल्म हलिउडको ब्ल्याक प्यान्थर हो । साउदीमा पछिल्लो ३५ वर्षदेखि प्रतिबन्ध लगाइएको थियो ।

१८ अप्रिल २०१८ मा यो प्रतिबन्ध हटाइएको थियो । साउदी कट्टरपन्थीका कारण त्यहाँ १९८० को दशकमा सिनेमा घर तथा थियटरमा प्रतिबन्ध लगाइएको थियो ।

Comments

comments